२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनल नेपालले आज भारतसँग खेल्ने

एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनल नेपालले आज भारतसँग खेल्ने
सेयर गर्नुहोस्
०सेयर

जापानमा चलिरहेको २० औँ एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीको सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको सेमिफाइनल खेल नेपाली समयानुसार बिहान सवा ९ बजेदेखि जापानको तोकाइ सिटिजन जिम्नेसियममा हुनेछ ।

यसअघि नेपालले समूह ‘बी’मा श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ३४–२५ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । यो जितसँगै नेपालले महिला कबड्डीमा पदकसमेत पक्का गरेको छ ।

यस्तै, भारत समूह ‘ए’मा इरान, जापान र बंगलादेशलाई पराजित गर्दै समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो । भारतले अन्तिम समूह खेलमा आयोजक जापानलाई ५०–२५ अंकले पराजित गरेको थियो । महिला कबड्डीको दोस्रो सेमिफाइनल आजै बेलुकी ६ बजे हुनेछ ।

महिला कबड्डीको स्वर्ण पदकका लागि फाइनल खेल भोलि दिउँसो १ बजे हुने तालिका छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।