२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एकदिवसीय वरीयतामा अस्ट्रेलिया पाँचौँ स्थानमा झर्‍याे

एकदिवसीय वरीयतामा अस्ट्रेलिया पाँचौँ स्थानमा झर्‍याे
Australia's bowler Nathan Ellis looses balance following his delivery during the second one day international cricket match between South Africa and Australia, in Johannesburg, South Africa, Sunday, Sept. 27, 2026. (AP Photo/Themba Hadebe)
सेयर गर्नुहोस्
०सेयर

आईसीसी एकदिवसीय वरीयतामा अस्ट्रेलिया पाँचौँ स्थानमा झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो वरीयतामा अस्ट्रेलिया एक स्थान खस्किएर पाँचौँ स्थानमा झरेको छ ।

घरेलु टोली दक्षिण अफ्रिकासँग तीन खेलको एकदिवसीय शृङ्खला खेलिरहेको अस्ट्रेलियाले लगातार दुई खेलमा हार बेहोरेको छ ।

एकदिवसीय वरीयतामा पाकिस्तान एक स्थान सुधार गरेर चौथो स्थानमा उक्लिएको छ ।

यस्तै इङ्ग्ल्यान्ड एक स्थान सुधार गरेर छैटौँ स्थानमा उक्लिएको छ । यसैगरी श्रीलङ्का एक स्थान खस्किएर सातौँ स्थानमा झरेको छ । घरेलु टोली इङ्ग्ल्यान्डले तीन खेलको एकदिवसीय शृङ्खलामा श्रीलङ्कालाई २–१ ले हराएको थियो ।

एकदिवसीय वरीयतामा भारत शीर्ष, न्युजिल्यान्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा यथावत् छन् । एकदिवसीय वरीयतामा नेपाल १७औँ स्थानमा यथावत् छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।