२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रदेश ३ मा एक महिना भित्रै राजधानी तोकिने

प्रदेश ३ मा एक महिना भित्रै राजधानी तोकिने
सेयर गर्नुहोस्
०सेयर

कात्तिक ११ ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक महिना भित्रै प्रदेशको राजधानी र नामाको टुंगो लाग्ने बताउनु भएको छ ।

अन्र्तराष्ट्रिय पोल्ट्री सिम्पोजियम उद्घाटन गर्न चितवन पुग्नुभएका मुख्यमन्त्री पौडेलले भरतपुरमा पत्रकारहरुसंग कुरा गर्दै प्रदेश राजधानीको विषय संसदमा प्रवेश पाइसकेकाले तिहार लगत्तै बस्ने बैठकले टुंगो लगाउने बताउनुभयो ।

राजधानीको विषय संसदमा प्रवेश भैसकेकाले अब छलफलमा अघि बढ्ने मुख्यमन्त्री पौडेलले बताउनुभएको थियो । मुख्यमन्त्री पौडेलले प्रदेशको नामका विषयमा कुनै प्रस्ताब नआएको भन्दै नाममा त्यति ठूलो विवाद नरहेको दावीसमेत गर्नुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।