
तस्विर : डा.मुरारी अधिकारीको फेसबुकबाट
कात्तिक १२, धादिङ ।
जिल्ला अस्पतालमा निर्माण भएको कर्मचारी आवास केन्द्र तथा ओपिडि भवन सोमबार एक कार्यक्रमका विच हस्तान्तरण तथा उद्घाटन गरिएको छ ।
अमेरीकियर्सको सहयोग, हिमालयन हेन्थ कियरको व्यवस्थापन तथा नेपाल सरकारको समन्वयमा भवन निर्माण भएको हो । भुकम्प पछिको पुननिर्माण अन्र्तरगत सम्पन्न भवनको सोमबार स्वास्थ्य तथा राज्य मन्त्री डा.सुरेन्द्र यादवले उद्घाटन गर्नु भएको हो ।
प्रत्येक जिल्लाका जिल्ला अस्पतालहरुमा ५० शैयाँको भवन निर्माण गर्ने अभियान अन्र्तरगत यो भवन निर्माण भएको कार्यक्रमका अतिथि समेत रहनु भएका स्वास्थ्य तथा राज्य मन्त्री यादवले बताउनुभयो । नेपाल सरकारले विगत १५ वर्षदेखि प्रत्येक जिल्ला अस्पताललाई १५ बाट ५० शैयाँमा रुपान्तरण गर्ने रणनिति अघि सारिएपनि त्यो कार्य सफल हुन सकेको छैन । लगभग ४ करोडको लागतमा भवन निर्माण भएको हो ।
निलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित नागरिकले भवन, जिल्ला अस्पतालले दिने सेवा, सुविधा लगायतका विषयमा जिज्ञासा राखेको जिल्ला अस्पताल धादिङका सूचना अधिकृत किष्णलाल उप्रेतीले जानाकारी दिनुभयो ।