कात्तिक १७ ।
माटो परीक्षण गरेर बाली लगाउँदा दोब्बर आम्दानी लिन सकिने माटो विज्ञहरुले बताएका छन् ।

माटो परीक्षण गर्दा कुन माटोमा कस्तो बाली लगाउन राम्रो हुन्छ भन्ने कुरा थाहापाउने र उत्पादनमा बृद्धी हुने माटो विज्ञ तथा माटो विज्ञान शाखा खुमलटारका वरिष्ट अधिकृत प्रगुन सुन्दर संैजुले बताउनु भयो । माटो परिक्षण बालीको लागि सबै भन्दा आवश्यक भएपनि माटो परीक्षण प्रयोगशाला स्थानिय तहमा नहुँदा किसानहरुलाई भने समस्या भएको छ ।

सात प्रदेशमा सात वटा मात्रै माटो तथा मल परीक्षण प्रयोगशाला भएकाले सबै कृषकले माटो परीक्षणको सुविधा लिन नसकेको गुनासो गरेका छन् । ७ वटा प्रदेशमा ७ वटै माटो परीक्षण केन्द्र र माटो परिक्षण भ्यान पठाएपनि माटो परीक्षण प्राविधीक नहुँदा समस्या भएको कृषि विभाग अन्तरगतको केन्द्रिय कृषि प्रयोगशालाका सहायक सुचना अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले प्रदेशमा रहेका माटो तथा मल परीक्षण प्रयोगशालामा ७ देखि १२ जना प्राविधिकहरु छन् ।

प्राविधिकको सङ्ख्या कम भएकाले पनि परीक्षण केन्द्रबाट राम्रो सुविधा दिन नसकेको उहाँको भनाई छ । स्थानिय तहका जनप्रतिनिधीहरुले भने स्थानिय तहमा नै माटो परीक्षण केन्द्रको व्यवस्था गरिदिन माग गरेका छन् ।

Facebook Comments