कात्तिक २६ ।
नक्कली भूकम्प प्रभावितले राहत रकम लिन थालेपछि सरकारले त्यसमा कडाई गर्ने भएको छ ।

भुकम्प गएको ४ वर्षमा वास्तविक भुकम्प प्रभावित भन्दा पनि नक्कली प्रभावितले रकम लिन थालेपछि सरकारले त्यसको छानविन गरी कारबाही गर्ने तयारी थालेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले कुराकानी गर्दै १४ जिल्लामा वास्तविक भूकम्प प्रभावितको सूचीमा नक्कली प्रभावितहरु भेटिन थालेपछि त्यसमा कडाई गर्न लागेको बताउनुभयो ।

प्राधिकरणले यसैवर्ष भित्र निजी आवास निर्माणको काम सकिसक्ने दाबी गरिरहेका बेला नक्कली कागजात सहित पीडित भएको दाबी गर्नेलाई कारवाही गर्ने जनाएको हो ।

Facebook Comments