२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

दुई वर्षभित्र माग अनुसार सिटामोल उत्पादन गर्ने

दुई वर्षभित्र माग अनुसार सिटामोल उत्पादन गर्ने

कात्तिक २९ ।
नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ ।

सिटामोलको माग बढिरहेका बेला लिमिटेडले २ वर्षभित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार पारेको हो। दुई वर्षभित्र बजारमा माग अनुसारको आपूर्ति हुने गरी यस्तो योजना तय गरिएको लिमिटेडका महाप्रबन्धक रोवशकुसुम सुवेदीले जानकारी दिनुभयो ।

बजेटको आवश्यक व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल भइरहेको पनि उहाँले बताउनुभयो । लिमिटेडको पञ्चवर्षीय व्यापारिक योजनामा आईरन चक्कीलगायतका १६ वटा औषधि उत्पादन गर्ने उल्लेख गरिएको छ ।
– – – ऋष्ल् – – –

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।