२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सदरमुकाम आस पासमा रोकिएन अनधिकृत पशु बधशाला

सेयर गर्नुहोस्
०सेयर

कार्तिक ३० धादिङ
सदरमुकाम धादिङबेसि आसपासका खुल्ला स्थानमा अवैध रुपमा पशु बध गर्ने कार्य अझै रोकिएको छैन । नीलकण्ठ नगरपालिकाले विशेष गरि सदरमुकाम तथा बजार क्षेत्र आसपासको खुल्ला अनधिकृत स्थानमा राँगा, भैँसी तथा अन्य पशु चौपाया काट्ने वा बध गर्ने कार्य रोक्न र नगरपालिकाबाट स्वीकृति लिई तोकिएको स्थानमा मात्र पशुबध गर्नको लागि यस अघि सुचाना जारि गरिएको थियो ।
पशु बधशाला तथा मासु ब्यवसाय सञ्चालन गर्न पूर्व स्वीकृति लिनुपर्ने कानुनी व्यावस्था रहेको छ । यद्यपी सदरमुकाम धादिङबेसि बजार क्षेत्रमा रहेका बधशाला र मासु पसल कानुन अनुसार दर्ता र स्वीकृति नलिई, आवश्यक मापदण्ड पुरा नगरि सञ्चालन गरेका छन् । सम्बन्धित निकाय तथा नीलकण्ठ नगरपालिकाले आवश्यक अनुगमन र कानुन अनुसारको कारबाहि नगर्दा स्थानीय उपभोक्ताहरु अस्वस्थकर माशु उपभोग गर्न बाध्य छन् । सदरमुकाम धादिङबेसिको मालेबगर लगायतका क्षेत्रमा अबैध रुपमा पशु बध गर्ने गरेका छन् ।

नीलकण्ठ नगरपालिकाले भने अबैध र खुल्ला स्थानमा सञ्चालन गरिएको पशु, चौपाय बध गर्ने कार्य अनधिकृत भएको बताएको छ । यस कार्यबाट वातावरण प्रदुषण हुनुका साथै अस्वस्थकर माशुको कारोवार हुने र मानविय स्वाथ्यमा ठूलो असर पर्ने पनि जनाएको छ । यदि अनुगमनका क्रममा कोहि कसैले अनधिकृत रुपमा बधशाला तथा मासु पसल सञ्चालन गरेको पाईएमा कनुन बमोजिम कडा कारबाहि तथा जरिवाना गरिने जनाएको छ । नगरपालिकाले यस अघि उपभोक्तालाइ सफा र स्वच्छ मासु उपभोग गराउने भन्दै नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित कमेरे नजिकै बधशाला निर्माण गरि सञ्चालन गरेका छन् । नीलकण्ठ नगरपालिकाको स्वच्छ मासु प्रवद्र्धन कार्यक्रम अन्र्तगत नगरपालिकाको २७ लाख रुपैंया अनुदान सहयोगमा पशु बधशाला निर्माण गरि सञ्चालन गरिएको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।