कात्तिक २६, वेनिघाट ।
धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ विशालटारमा संञ्चालनमा रहेको श्रीमाया ग्याँस कम्पनी तत्काल बन्द गर्न स्थानियहरुले स्थानिय सरकार सँग माग गरेका छन् ।

बस्तीको नजिकै ग्याँस कम्पनी संञ्चालनमा रहेकाले बन्द गर्नुपर्ने स्थानिय धुर्व प्रसाद पाण्डेले जानकारी दिनुभयो । श्रीमाया ग्याँस बढि लिकेज हुने र सँधैजसो त्रासैत्रासमा बस्न पर्ने भएकाले तत्काल ग्याँस कम्पनी बन्द गर्नुपर्ने उहाँको भनाई छ । बस्तीका बिचमा ग्यास उद्योग खोलिदा आफुहरु बिभिन्न खाले रोगहरुको शिकार भैरहेको पाण्डेले बताउनुभयो ।

स्थानियहरुले श्रीमाया ग्याँस बन्द गराउनको लागि हस्ताक्षर अभियान चलाई गाउँपालिकामा बुझाईएको हस्ताक्षर अभियानका संयोजक धुर्व प्रसाद पाण्डेले बताउनुभयो । मानव बस्ती भन्दा ५ किलोमिटर पर संञ्चालन गर्नुपर्ने मापदण्ड भएतापनि श्रीमायाँ ग्याँस मानव बस्तीको विचमा संञ्चालनमा रहेकाले यस्ता मापदण्ड विपरित खोलिएका ग्याँस कम्पनी बन्द गरिनुपर्ने १ सय ५ घरधुरीद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत भनिएको छ। आफुहरुको मागलाई गम्भीरताका साथ नहेरिए ग्याँस कम्पनीका विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएको छ ।

विज्ञप्ती बुझ्दै वेनिघाट रोराङ गाउँपालिकाका प्रमुख पित्तबहादुर डल्लाकोटीले ग्याँस कम्पनीलाई चिठि काट्ने र यदि मापदण्ड विपरित सञ्चालनमा रहेको भेटिएको खण्डमा तत्काल ग्याँस कम्पनी बन्द गराउन पहल गर्ने आश्वासन दिनुभएको छ ।

Facebook Comments