२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

टिपरको ठक्करबाट बालकको मृत्यु

टिपरको ठक्करबाट बालकको मृत्यु

मङ्सिर २,चितवन ।

भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन् ।

बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६९९८ नंको टिपरले साइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साइकल चालक बाबु आलम सामान्य रहनुभएको छ ।

ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।