मंसिर १२, धादिङवेशी ।
रिलायनस लाईफ ईन्स्योरेन्स धादिङ शाखा बुधबार देखि औपचारिक रुपमा संञ्चालनमा आएको छ ।
बुधबार एक कार्यक्रमका विच रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनीका डेपुटि डाईरेक्टर निराजन कंडेल र जिल्ला समन्वय समिति धादिङका अध्यक्ष जगन्नाथ नेपालले संयुक्त रुपमा उद्घाटन गर्नभयो ।

श्रावण १ गतेदेखि अनौपचारिक रुपमा व्यवसायिक कारोबार सुरु गरेकोे रिलायन्स लाईफ ईन्स्योरेन्स कम्पनी धादिङ शाखाका बजार व्यवस्थापक शालिग्राम अधिकारीले जानाकारी दिनुभयो । शाखा उद्घाटन समारोहमा जिल्ला प्रहरी कार्यालय धादिङका एसपी डम्बर बहादुर वि.क.ईन्स्योरेन्स कम्पनीका अभिकर्ताहरु, स्थानीय उद्योगी, व्यापारीलगायत विभिन्न बैंक, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

जीवन बीमा सबैले अनिवार्य गर्नुपर्ने र यसबाट मृत्युपछिको जोखिम वहन र आफ्नै जीवनकालमा पनि धेरै फाइदा लिन सकिने रिलायन्स लाइफ इन्सुरेन्सका डेपुटी डाइरेक्टर निराजन कंडेलले बताउनुभयो । ‘बीमा बजारको क्षेत्र ठूलो भएको छ’, कंडेलले भन्नुभयो, ‘यो व्यापार मात्र नभई सामान्य नागरिकको सेवा समेत हो, भविष्यका लागि पनि सबैले बिमा गर्नु आवशयक छ ।’

सिद्धार्थ बैंक लि. र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित रिलायन्स लाईफ इन्स्योरेन्स लि.को कूल पूंजी रु.२ अर्ब १० करोड र चुक्ता पूंजी रु.१ अर्ब ४७ करोड रहेको छ ।

 

Facebook Comments