२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

२ महिनाभित्र मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने

२ महिनाभित्र मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने

मंसिर १६ ।
खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने बताउनुभएको छ । आज संसदको विकास तथा प्रविधि समितिको बैठकमा सचिव ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने दाबी गर्नुभयो ।

अबको २ महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं आईपुग्ने दाबी उहाँले गर्नुभयो । विगतमा कर्मचारीले काममा ढिलाइ गरेका कारण मेलम्ची समयमा आउन नसकेको उहाँको भनाइ थियो । यसअघि मन्त्री विना मगरले दशैंअघि नै पानी आउँछ भनेकोमा पनि सचिव ठाकुरले माफी माग्नुभएको थियो । बैठकमा सांसदहरुले मेलम्ची आयोजनाको पानी काठमाडौंमा कहिले आउँछ ?भनी प्रश्न गरेका थिए ।

बैठकमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले २ महिनामा आयोजनाको काम सकिने बताउनुभयो । तर सांसदहरुले दुई महिनामा मेलम्चीको पानी आउने आधार नभएको भन्दै आलोचना गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।