मंसिर २१, धादिङ ।
गीतकार पुष्पा खनालले आफ्ना दर्जन भन्दा बढी गीत तथा कविताहरू फिनल्याण्डको कुपिओमा वाचन गनुभएको छ । त्यसमा पनि स्वदेश बाहिर अङ्गे्रजी भााषामा यसरी एकल कविता वाचन गनुभएको खनालको यो पहिलो पटक हो ।

खनालले चाहेर तिमीलाई पाउन सकिन, आउँदाजाँदा बाटो परे, दागकति राम्रो, मैले पुज्ने देव, आमा, गुलाव र म, नारी, मेरो नियति, हे विषय लगायतका दर्जन बढी गीत र कविता बाचन गनुभएको थियो । उहाँको अहिलेसम्म २०० भन्दा बढी गीत तथा कविता छन् । एउटा पुस्तक प्रकाशन गरिसकेकी चाँडै अर्र्को पनि गीतको किताब निस्कन लागेको उहाँले बताउनुभयो । नेपालकी उदयमान गीतकार खनालका गीतहरुमा अञ्जु पन्त, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सरोज कोइराला लगायतका गायक गायिकाले स्वर दिएका छन् । खनालका गीत तथा कवितामा ममता, स्नेह, जागरुकताका साथै विद्यमान संसारसँगको बिद्रोह भेटिन्छ ।

उनको गीत तथा कविता वाचनमा स्थानीय सङ्गीतकार टोनी लेतो र पेते रिसेनले सङ्गीत दिएर सहयोग पुर्याएका थिए । उपस्थित फिनिस नागरिकले कविता तथा गीतले नेपालको कला, संस्कृति र समाजलाई बुझ्न निकै सहयोग गरेको बताउनुभएको थियो । कविता तथा गीत वाचन कार्यक्रम स्थानीय माउण्ट शेर्पा रेस्टुराँमा भएको थियो । कार्यक्रममा फिलिपिन्स र नेपालीहरुको उपस्थिति रहेको थियो । उपस्थित सबैले खनालको तीत तथा कविताको प्रशंसा गरेका थिए ।

Facebook Comments