२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

काँग्रेसको केन्द्रीय समिति बैठकमा आज राजनीतिक प्रस्ताव पेस गरिने

काँग्रेसको केन्द्रीय समिति बैठकमा आज राजनीतिक प्रस्ताव पेस गरिने

मंसिर २५ ।
नेपाली काँग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा मंगलबार राजनीतिक प्रस्ताव पेसहुने भएको छ ।

मंगलबारको बैठकमा राजनीतिक प्रस्ताव पेस गरी मंगलबारै बाट छलफल सुरु गर्ने तयारी भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । केन्द्रीय कार्य समितिमा उपसभापति बिमलेन्द्र निधि संयोजकŒवको समितिले राजनीतिक प्रस्ताव तयार पारेको हो ।

सोमबारको केन्द्रीय कार्य समिति बैठकले आर्थिक नीति सहितको प्रतिवेदन पारित गरेको थियो । सह महामन्त्री प्रकाशशरण महत संयोजकŒवकोे समितिले आर्थिक नीतितयार पारेको थियो । यो नीति आउँदो शुक्रबारदेखि सुरू हुने महासमिति बैठकमा पेश गरिनेछ । काँग्रेस महासमिति बैठक यहीमंसिर २८ देखि पुस ३ सम्म काठमाडौँमा बस्दैछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।