पौष ५, काफलपानी ।
काफलपानी तमू समाज निलकण्ठ नगरपालिका वडा नम्बर ९ ले यो वर्ष पनि तमू ल्होसार भव्यवताका साथ मनाउने भएको छ । गत वर्षहरुमा भन्दा यो वर्ष अलि पृथक तरिकाले कार्यक्रमको आयोजना गर्न लागिएको काफलपानी तमू समाजका संयोजक नन्दबहादुर गुरुङले बताउनुभएको छ ।

यो वर्ष राष्ट्रिय स्तरका कलाकारहरुद्वारा सांङ्गेतीक प्रस्तुतीहरु हुने भएकाले यो वर्ष विगतका वर्षहरुमा भन्दा भव्य र सभ्य हुने अनुमान गरिएको संयोजक नन्दबहादुर गुरुङले जानाकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय लोक गायक राजु गुरुङ, शर्मिला गुरुङ, राकेश गुरुङ, खेम जी राना मगर, सिताराम परियार लगायत स्थानिय कलाकारहरुको उपस्थितिमा कार्यक्रम हुन लागेको हो । अहिले सम्म ६० हजार भन्दा बढि रकम कार्यक्रमका लागि रकम संकलन भईसकेको ल्होसार कार्यक्रम सहयोग समितिका संयोजक सुमन गुरुङले बताउनुभयो ।

अहिले सम्म सबै भन्दा धेरै सहयोग कतारमा कार्यरत मोहन विष्ट (मामुको हेन्सी छोरा) ले गर्नुभएको छ । उहाँले ल्होसार कार्यक्रमका लागि १० हजार नगद रकम सहयोग गर्नुभएको हो । अहिले स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको र विभिन्न ठाउँहरुमा सहयोग समितिहरु बनाएर रकम संकलनको काम भईरहेको प्रचार प्रसार समितिका संयोजक नेत्र तमुले जानाकारी दिनुभयो ।

कार्यक्रमको लागि १ हजार भन्दा बढि सहयोग गर्ने व्यक्ती तथा संस्थालाई खादा तथा प्रशंसा पत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ । यहि पौष १८ गते खि–ल्हो लाई विदाई तथा फो–ल्हो लाई स्वागत गर्दै गुरुङहरुले ल्होसार पर्व नया वर्षको रुपमा मनाउन लागेका हुन् । क्ष्योलिङ गुम्बाको प्राङ्गणमा आयोजना हुन लागेको कार्यक्रमको प्रचार प्रसारलाई तिब्र बनाएको छ ।

Facebook Comments