
पुस २६, धादिङ ।
जिल्ला प्रहरी कार्यालय, धादिङको सुविधासम्पन्न भवन निर्माण भएको छ । २०७२ सालको भुकम्पपछि क्षति भएको प्रहरीको भवन चार करोड २२ लाख ४७ हजार ९ सय ३३ रुपैयाको लागतमा निर्माण गरिएको हो ।
नवनिर्मित भवनमा साना–ठूला गरी १२ वटा कोठा रहेका छन् । विसं २०७२÷७३ देखि निर्माण कार्य शुरु गरिएको भवनको निर्माण सम्पन्न भइ बुधबार उद्घ्घाटन भएको हो । नवनिर्मित भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । भवनको प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राइले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन गर्नुहुदै देशको शान्ति सुरक्षामा अहोरात्र खट्ने प्रहरीहरुको लागि नया भवन बनेकोमा खुशी व्यक्त गर्दै नया भवनबाट नया नया योजनाकासाथ जिल्लामा शान्ति र सुशासन कायम राख्न सबै प्रहरीहरुलाई सुझाव दिनुभयो ।

पुराना भवनहरु साना तथा साँघुरा भएका र गत २०७२ सालमा आएको भूकम्पका कारण क्षति पुगेपछि नयाँ भवन निर्माण गरिएको प्रहरी उपरिक्षक विकले बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा बोल्नुहुदै प्रहरी उपरिक्षक विकले लामो समयसम्म पालमा बसेर सेवा गरिरहेका प्रहरीहरु यतिबेला आफ्नै कार्यालयमा बसेर सेवा गर्न थालेकोमा खुशी व्यक्त गर्दै प्रहरी दिने सेवालाई चुस्त र प्रभावकारी भएर लाग्ने बताउनुभयो ।
भूकम्पमा भत्किएका प्रहरी कार्यालयका भवनहरु केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणको अन्तिम चरणमा रहेका छन् । विनाशकारी भुकम्पबाट जिल्ला प्रहरी कार्यालय धादिङसहित ९ वटा प्रहरीका भवन पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । अहिले ती भवनहरुको पुनर्निर्माण कार्य भइरहेको प्रहरी निरिक्षक श्यामकुमार महतोले बताउनुभयो ।