पुस २९, धादिङ ।

धादिङ उद्योग वाणिज्य संघको नवौँं अधिवेशनमा अध्यक्ष पदका लागि रुद्र बहादुर खत्री रामशरण र विष्णु थपलियाले अध्यक्ष पदका लागी उम्मेदवारी दिनुभएको छ ।

उद्यमी व्यवसायीहरुको हकहित, सुरक्षा र समग्र धादिङको विकासमा टेवा पुर्याउन आफ्नो उम्मेदवारी रहेको यी दुवै उम्मेदवारले आफ्नो प्रतिवद्धता पत्रमा जनाएका छन् । नेकपाले आफु निकटका व्यवसायी रामशरण खत्रीलाई अध्यक्ष पदका लागि अघि सारेका छ, भने नेपाली काङ्ग्रेस निकट व्यवसायीहरुले विष्णु थपलियालाई अध्यक्षमा उठाउने निर्णय गरेका छन् ।

अध्यक्षका उम्मेदवार रुद्र बहादुर खत्री रामशरणले आफ्नो उम्मेदवारी धादिङ उद्योग बाणिज्य सघको सस्थागत विकास र जिल्लामा रहेको अन्य सघसस्थामा आवद्ध उद्योगी व्यावसायीहरुलाइ एक ढिक्का बनाएर लैजानको लागी रहेको बताउनुभयो । त्यसै गरि जिल्लाको आर्थिक बिकास र रोजगारीको अवस्था सिर्जना गर्न आफ्नो समन्वयकारी भुमिका रहने उहाँले बताउनुभयो ।

Facebook Comments