माघ १३ ।
नेपाली कांग्रेसले आजदेखि सरकार विरुद्ध आन्दोलन गर्ने भएको छ । चिकित्सा शिक्षा विधेयक पारित र गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेको अस्पताला संघमा राख्न माग गर्दै कांग्रेसले विरोध गर्ने भएको हो ।

विरोधका कार्यक्रम तय गर्न आज कार्यसमितिको बैठक बस्दैछ । तरुण दल, महिला संघ र नेविसंघले आज राजधानीमा संयुक्त विरोध जुलुस निकाल्ने तयारी गरेका छन् ।आजको बैठकले विरोधका कार्यक्रम तय गर्ने नेताहरुले बताएका छन् । कांग्रेसले सरकार विपक्षीलाई पेलेर अघि बढ्ने मनिस्थितिमा रहेको निस्कर्ष निकालेको छ ।

संसद्मा प्रतिपक्षले वेल घेराउ गर्दासमेत सभामुखबाट संसद्को कारबाही अघि बढाइएको, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघबाट हटाइएको घटनाले सरकार प्रतिपक्षलाई निषेध गरेर अघि बढ्न खोजेको कांग्रेसको निष्कर्ष छ । कांग्रेसको बैठक बिहान ११ बजेपछि बोलाइएको छ ।

Facebook Comments