
माघ २०, धादिङ ।
धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर २ सल्यान्टारको बँगैचामा आज मेगा बैंकको शाखा उद्घाटन गरिएको छ ।
मेगा बैंक त्रिपुरासुन्दरी गाउँपालिकाका शाखा प्रमुख देवेन्द्र गिरिको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाको प्रमुख आतिथ्य रहेको थियो । स्थानीयलाई गाउमै वित्तिय सेवा दिने उद्देश्यले सल्यान्टारको बैंगैचामा बैंकको शाखा कार्यालय स्थापना गरिएको शाखा प्रमुख देवेन्द्र गिरिले जानकारी दिनुभयो ।
साथै शाखा प्रमुख गिरिले गाउँपालिकाका सम्पूर्ण नागरिक, व्यवसायीहरुमा भरपर्दाे र सुरक्षीतसँग कारोबारको लागि मेगा बैंकलार्ई रोज्न आग्रह पनि गर्नुभयो । यो सँगै मेगा बैंकले नेपालभर १ सय २ ओटा शाखा विस्तार गरेको छ ।