A Hindu Sadhu smokes marijuana in a chillum inside the Pashupatinath Temple premise in Kathmandu, Nepal on Monday, March 7, 2016. Photo: Skanda Gautam/ THT
फागुन २० ।
आज महाशिवरात्री पर्व, शिवको पूजा अर्चना गरि मनाइँदैछ । भगवान शिवको उत्पत्ति भएको स्मरणमा शिवरात्रि मनाइने गरिन्छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा श्रद्धालुहरुले भगवान शिवको विशेष पूजा अर्चना गर्ने गर्छन् ।
महाशिवरात्रीका दिन आज भक्तजनहरू शुद्ध भई देशभरका शिवालयहरुमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको र शिव पार्वतीको विवाहको दिन भएको स्मरणमा शिवरात्री पर्व मनाउनका लागि काठमाडौंको पशुपतिनाथको मन्दिर सहित देशैभरका शिवालयहरुमा स्वदेशी तथा विदेशी दर्शनार्थीहरूको घुइँचो लागेको छ ।
यसैबीच, महाविशरात्रीको अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो ।