२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जिल्ला प्रहरी धादिङद्वारा अवैध सालको काठ बरामद

जिल्ला प्रहरी धादिङद्वारा अवैध सालको काठ बरामद
सेयर गर्नुहोस्
०सेयर

वैशाख ३, धादिङ ।
जिल्ला प्रहरी कार्यलय धादिङले अवैध सालको काठ बरामद गरेको छ । सोमबार रातीको ९ बजेको समयमा सालको काठ ल्याउदै छ भन्ने बिशेष सुचनाका आधारमा प्रहरीले काठ बरामद गरेको हो ।

निलकण्ठ नगरपालिका वडा नं. १२ बिना ईजाजत ओसार पसार गरिरहेको अवस्थामा सालको १६.३८ क्यू फिट अन्दाजी ८१‚९०० बराबर मुल्य पर्ने सालको ८ थान काठ सहित धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं. ८ चालिसे बस्ने नमो नारायण श्रेष्ठको छोरा बर्ष २८ को प्रेम कुमार श्रेष्ठलाई काठ सहित पक्राउ गरिएको छ ।

श्रेष्ठलाई नियन्त्रणमा लिई डिभिजन बन कार्यालयसंग समन्वय गरी डिभिजन वन कार्यालय धादिङबाट अधिकृतको टोलीले मुचुल्का गरी काठ डिभिजन बन कार्यालयमा पठाईएको छ ।

श्रेष्ठलाई डिभिजन वन कार्यालय धादिङ मार्फत अवैध काठ ओसार पसार मुद्दा शिर्षकमा म्याद थप गरी जिल्ला प्रहरी कार्यालय धादिङको हिरासत कक्षमा राखि डिभिजन वन कार्यालय धादिङबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।