वैशाख ७, धादिङ ।
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ४ मा रहेको तामाङखर्क माध्यमिक विद्यालयमा संञ्चालित श्रीमद् भागवत ज्ञान सप्ताहमा आज सम्म ३५ लाख रकम संकलन भएको छ ।

महायज्ञको साँतौ दिन आज १३ लाख रकम संकलन भएसँगै संकलित रकम बढेर ३५ लाख पुगेको हो ।

विद्यालयका प्रधानध्यापक दिनेश प्रसाद सिंखडाबाट १ लाख ५५ हजार ५ सय ५५, वडा नम्बर ४ का वडा अध्यक्ष हरिमान श्रेष्ठबाट १ लाख १५ हजार ५ सय ५५, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुलनारायण श्रेष्ठबाट १ लाख २५ हजार ५ सय ५५, मेघ बहादुर घलेबाट ३ लाख ५० हजार बराबरको छात्रावास निर्माणको लागि जग्गा दान, श्रीमद् भागवद सप्ताह ज्ञान महायज्ञका अध्यक्ष नक्कल प्रसाद सिंखडाबाट १ लाख २ हजार १ सय १२, ढकमान बज्रचार्यबाट ७६ हजार ९ सय २५, मुकुन्द प्रसाद नेपालबाट अक्षय कोषमा राख्ने गरि १ लाख ११ हजार १ सय ११ हजार रुपैया दान गर्नुभएको स्थानिय एसबी घलेले जानकारी दिनुभयो ।

Facebook Comments