
तस्विर:प्रविण घिमिरे
वैशाख १७, धादिङ ।
समावेशी शिक्ष सम्बन्धी २ दिने तालिम धादिङवेशीमा सम्पन्न भएको छ । अपाङ्ग कल्याण संघ धादिङ र ह्यूम्यानिटि एण्ड ईन्क्लुजनको साझेदारीमा तालिम सम्पन्न भएको हो ।
अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाको अध्यक्षतामा संञ्चालन भएको तालिममा निलकण्ठ नगरपालिका भित्र रहेको ८ ओटा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक, शिक्षकहरुको सहभागीता रहेको थियो । तालिममा अपाङ्गताको परिभाषा, बर्गिकरण, वाल अधिकार, अपाङ्गता भएका व्यक्तिको अधिकार, समावेशी शिक्षाको परिभाषा, अवधारणा राष्ट्रिय तथा अन्र्ताष्ट्रिय निति र विद्यालयको सुधारयोजनाका विषयमा छलफल गरिएको थियो ।
तालिममा छलफल भएका विषयवस्तु माथी जिल्ला शिक्षा ईकाई धादिङका श्रोत व्यक्ती कृष्ण कुमार श्रेष्ठ र नगरपालिकाका शिक्षा ईकाईका श्रोत व्यक्ती जीवन पौडेलले सहजीकरण गर्नुभएको हपाङ्ग कल्याण संघ धादिङका प्रविण घिमिरेले जानकारी दिनुभयो । साथै कार्यक्रमका सहभागी निलकण्ठ माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बद्री प्रसाद दाहालले तालिममा निकै नै प्रभावकारी रहेको र तालिममा सिकेका कुराहरु ऋाफ्नो विद्यालय र समुदायमा लागू गर्ने प्रतिवद्धता जनाउनुभयो ।