वैशाख १७ ।

जापानका राजा अकिहितोले आफ्नो राजगद्दी परित्याग गर्नुभएको छ । जापानको राजधानी टोकियोमा मंगलबार आयोजित एक ऐतिहासिक समारोहमा राजा अकिहितोले राजाको रुपम अन्तिमपटक सम्बोधन गर्दै राजगद्दी छोडेको घोषणा गर्नुभयो ।

जापानको २ सय वर्षको शाही इतिहासमा राजगद्दी छोडने उहाँ पहिलो राजा पनि बन्नुभएको छ । ८५ वर्षका राजा अकिहितोले आफ्नो राजा पद छोड्नका लागि कानून बनाएर अनुमति लिनुभएको थियो ।

बढ्दो उमेर र खस्किदो स्वास्थ्यलाई ध्यानमा राख्दै उहाँले राजाको पद त्यागेर आफ्नो छोरा युवराज नारोहितोलाई जिम्मेवारी दिनुभएको छ । युवराज नारोहितोले भोली एक समारोहकाबीच राजाको जिम्मेवारी लिनुहुनेछ ।

Facebook Comments