२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भिरमाहुरीको मह खाँदा रुविभ्यालीको बोराङमा १० जना विरामी

भिरमाहुरीको मह खाँदा रुविभ्यालीको बोराङमा १० जना विरामी
सेयर गर्नुहोस्
०सेयर

बोराङ स्वास्थ्य विन्दुमा सामान्य विरामीहरुको उपचार हुँदै । तस्विर: विजय तामाङ


वैशाख २२, धादिङ ।

उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नम्बर ४ बोराङमा भीर माहुरीको मह खाँदा १० जना विरामी परेका छन् ।

विरामी पर्नेहरुमा अन्दाजी ५२ वर्षिय नोप्चा लामा, ६२ वर्षिय च्याजोम तामाङ, २० वर्षिय हिमाल वि.क, २४ वर्षिय लालु विक, १५ वर्षिय सुष्मा तामाङ, १६ वर्षिय मे लामा तामाङ, ४२ वर्षिया मेन्जित माया तामाङ, ५२ वर्षिय चोक बहादुर तामाङ, ५५ वर्षिय कान्छा लामा तामाङ र ३५ वर्षिय हेन्दुङका तेसमान तामाङ रहेका छन् ।

१० जना विरामीहरु मध्ये गम्भीर विरामी परेका कान्छा लामा तामाङ र केषमान तामाङलाई हेलिकम्पटरको सहायताले उपचारको लागि काठमाण्डौं लगिएको सहकर्मी विजय तामाङले जानकारी दिनुभयो । सामान्य विरामी परेका अन्य ८ जनाको बोराङ स्वास्थ्य विन्दुमा उपचार भईरहेको छ ।

आज विहान साढे ९ बजेतिर मह खाएका उनिहरुमा उल्टी गर्ने, थरथर काम्ने र वेहोस हुने लक्षण देखिएको थियो । उनिहरु शनिवार रुविभ्याली ४ र खनियावास १ को झार्लाङको विचमा पर्ने भिरमा माहुरीको मह काड्न गएका थिए ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।