२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एचआईभी संक्रमितमा हुने लाञ्छना तथा भेदभाव न्यूनिकरण सम्बन्धी अन्र्तरक्रिया

एचआईभी संक्रमितमा हुने लाञ्छना तथा भेदभाव न्यूनिकरण सम्बन्धी अन्र्तरक्रिया
सेयर गर्नुहोस्
०सेयर

वैशाख २३, धादिङवेशीं ।

एचआईभी संक्रमितमा हुने लाञ्छना तथा भेदभाव न्यूनिकरण सम्बन्धी आज स्वास्थ्य कार्यलय धादिङमा सरोकारवालाहरुसँग अन्र्तरक्रिया गरिएको छ ।

स्वास्थ्य कार्यलय धादिङको आयोजनामा सम्पन्न भएको कार्यक्रममा एचआईभी संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण, भेदभाव र त्यस्ता भेदभावलाई समुदायस्तरबाटै न्यूनिकरणका उपायहरु लगायतका विषयमा छलफल गरिएको थियो ।

एचआईभी लागेका व्यक्तीहरुलाई लगाउने लाञ्छना र गरिने भेदभाव परिभाषालाई वर्णन गर्न तथा स्थानिय जनप्रतिनिधि, सरोकारवालाहरुलाई जिम्मेवारी बोध गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यलय धादिङका निमित्त प्रमुख विष्णुप्रसाद रिजालले बताउनुभयो ।

धादिङ एचआईभीको लागि जोखीमयुक्त जिल्लामा गनिएता पनि चेतनाको कारणले एचआईभी संक्रमितहरु औषधउपचारको लागि खुलेर अगाडी नआउने गरेको गजुरीगाउँपालिकाका स्वास्थ्य संयोजक एवं एचआईभी एड्सका सहजकर्ता डा.रामहरी रेग्मीले जानकारी दिनुभयो । स्वास्थ्य कार्यलयको तथ्याङ्क अनुसार धादिङमा एचआईभी संक्रमित ९५ जनाले मात्र जिल्ला अस्पताल धादिङमा नियमित रुपमा स्वास्थ्य परिक्षण गर्दै आएको रेग्मीले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।