जेठ ८, धादिङ ।

धादिङको ज्वालामुखी गाउपालिकाको वडा नं. ६ स्थित साँधभञ्ज्याङ क्षेत्रलाई सरसफाई स्वच्छताको नमुना गाँउ बनाईने भएको छ । गाँउमा ७ वटा टोल सुधार समीती गठन भएपछि टोल सुधार समितीका पदाधिकारीहरुलाई पूर्ण सरसफाईको बिषयमा अभिमखिकरण कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमकै बिच गाउपालिका प्रमुख बिनोद राज तिमल्सेनाले औपचारीक रुपमा सरसफाई स्वच्छताको नमुना गाँउ निर्माण अभियान सुरु गर्नुभएको छ .। शान्ति नेपाल र ज्वालामुखी गाउँपालिकाको संयुक्त आयोजनामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । ११ घरधुरी रहेको गाँउमा सबै घरले सफा गाउको सुचकका आधारभुत मापदण्ड पुरा गरिसकेपछि गाउलाई सफागाउ घोषण गरिने छ ।

शान्ति नेपालको परियोजना संयोजक ईन्द्रमान शाक्यले गाँउको हालको बास्तबिक सरसफाई स्वच्छताको ब्यबहार पहिचानको लागी गरीएको सर्बेक्षणको आँशिक प्रतिबेदन प्रस्तुतगर्नु भयो । वडा नं. ६ को वडा अध्यक्ष अर्जुन अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका प्रमुख बिनोदराज तिमल्सीना, प्रमुख प्रशाशकिय अधिकृत बद्रिनाथ लम्साल, स्वास्थ्य संयोजक सुजन श्रेष्ठ, शान्ती नेपालका कार्यक्रम निर्देशक गिआर शर्मा, परियोजना संयोजक ईन्द्रमान शाक्य लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments