२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

‘प्रधानमन्त्री रोजगार’ कार्यक्रम भक्तपुरबाट सुरु

‘प्रधानमन्त्री रोजगार’ कार्यक्रम भक्तपुरबाट सुरु
सेयर गर्नुहोस्
०सेयर

जेठ २४ ।
भक्तपुर जिल्लामा १ हजार ६ सय बेरोजगार युवाहरूलाई रोजगारी दिने गरी सरकारले सूर्यविनायक नगरपलिकाबाट ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रम सुरु गरेको छ ।

चालु आर्थिक वर्षमा युवाहरूलाई उपलब्ध गराउने ३० दिने ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रम प्रदेश ३ अन्तर्गत भक्तपुरबाट आजदेखि लागु गरिएको हो । भक्तपुरका ४ वटा नगरपालिकाका १ हजार ६ सय युवाहरू रोजगारीका लागि सूचिकृत भइसकेको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बेरोजगार युवाहरूलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेकाले यसलाई प्रभावकारी कार्यान्वयमा लैजान मातहतका निकालयलाई निर्देशन दिनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यसवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम ३० दिनको मात्रै अघि सारिए पनि आगामी आर्थिक वर्षमा युवाहरूलाई दीर्घकालीन, व्यवस्थित र नियमित रोजगारी उपलब्ध गराउने गरी सरकार अगाडि बढिरहेको बताउनुभयो । श्रमिकहरूले भक्तपुरको कटुन्जे सुवर्ण चोकदेखि तीन धारासम्मको सडकको निमार्ण कार्य सुरु गरी ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रमको शुभारम्भ गरिएको हो । ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रम अन्तर्गत नदी सरसफाइ, सडक सरसफाइ, कुलो तथा सडक निर्माण, पाटिपौवा निर्माण लगायत काममा युवाहरूलाई सहभागी गराइने छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।