
जेठ २५, खरी धादिङ ।
मद्य्यान्नको चरक्क पोल्ने घाम, घामको कुनै प्रवाह नै नगरि कोही बाख्रालाई पानी खुवाँउदै थिए त कोही हुर्किदै गरेका बोईलर कुखुराका चल्लालाई पानी खुवाउन व्यवस्त देखिन्थे । कोही भने बङ्गुरको खोर सफाई गर्न तल्लीन देखिन्थे । हेर्दा कुनै घरको दैनिकी जस्तो लागेपनि यो भने अन्नपूर्ण माविका विद्यार्थीहरुको दैनिकि थियोे ।
धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ स्थित खरिमा भरखरै मात्र संञ्चालनमा आएको प्राविधिक शिक्षालय अन्र्तरगत भिजेटिए अध्ययन गरिरहेका ४० जना विद्यार्थीहरुको दैनिकि अरु विद्यार्थीहरुको भन्दा अलि फरक छ । यि ४० जना विद्यार्थीहरुलाई कक्षा कोठामा भन्दा पनि बाख्राको खोर, कुखुराको खोर र बङ्गुरको खोर तिर भेट्न सकिन्छ । सँधै समुहमा काम गर्छन् । कुखुरा, बाख्रा, बङ्गुरलाई दानापानी दिने देखि लिएर यिनिहरुको कुरुवाको लागि ८ ओटा समुह विभाजन गरिएको छ । महिलाहरुलाई रातको समयमा गाह्रो हुने भएकाले केटा समुहले सबै कुराको जिम्मा लिन्छन् ।
संगिता थापा विहानै घाँसको भारी हालेर विद्यालय पढ्न गएको देख्दा सुरु सुरुमा सबैको आँखा संगिता प्रति हुन्थ्यो । अनि हाँसोको पात्र बनाईदिन्थे गाउँलेहरुले । घरमा बुवा आमाले पनि पढ्न भनेर गाकी छोरी किताब कापी चेप्नुको साटो घाँसको भारी चेपेको देखेर अचम्म मान्नुहुन्थ्यो । तर संगिताले आफ्नो आमा बुवालाई पनि सम्झाउँदै अरुको कुरा एकरत्ती पनि नसुनी आधा घण्टाको बाटो धाएर पढ्न आईराख्नुभएको छ, गाउँमै स्वरोजगार भएर आफ्नो खुट्टामा उभिन्छु भन्ने दृढ विश्वासका साथ । प्राविधिक विषय अध्ययन गरि गाउँमै व्यवसायी बन्ने संगीताको सपना छ । संगिता मात्र होईन सुवास भुजेल पनि स्वरोजगार बन्नकै लागि प्रयोगात्मक शिक्षा अध्ययन गरिरहनुभएको छ ।

अध्ययन कै लागि लाँखौ खर्च गरेर विदेशिनु भन्दा आफ्नै गाउँघरमा सिकेको सिपलाई लागु गरि गाउँमै सम्पन्न जीवन जिउँछु सुवास भुजेल भन्नुहुन्छ । बुवाआमाले शहर तिर गएर पढ भन्नुहुन्थ्यो तर मेरै जिद्धिले गाउँमै पढे । सबै साथीहरु मिलेर कुखुरा, बाख्रा बङ्गुर पालेका छौं, राम्रो कमाई पनि भईरहेको छ । यो देखेर बुवा आमा सबै दंग हुनुहुन्छ । २ सय कुखुराबाट सुरु गरेको फार्ममा अहिले ५ सय ओटा कुखुरा छन् । ‘निकट भविश्यमै कुखुराको फार्म बढाउने, खसी बाख्राको संख्या बढाउने योजनामा छौं’ विद्यालयमा अध्यापन गराउँदै आउनुभएका प्राविधिक शिक्षालयका संयोजक भेटेनरी डा.अनिलकुमार चौधरीले भन्नुभयो । विद्यार्थीहरुको मिहिनेतकै कारण कुखुरा बाख्राबाट १ लाख भन्दा बढि नाफा कमाउन सफल भयौं ।
८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत शैद्धान्तिक शिक्षालाई जोड दिदै आएको यस विद्यालयका विद्यार्थीहरुको लगनशिलता देखेर धेरै खुशी लाग्छ । विद्यार्थीहरुले पालेको कुखुरा लिन विद्यालयमै कुखुरा व्यवसायीहरु आउने भएकाले बजारको समस्या नभएको बताउछन् । नाफा भएको सबै रकम बंैङ्कमा जम्मा गरिन्छ र १८ महिने कोर्ष सकिसकेपछि विद्यार्थीहरुको भागमा जे जती आउछ त्यो पैसा विद्यार्थीलाई उपलब्ध गराईने विद्यालयले जनाएको छ ।
विद्यार्थीहरुको काम देखेर अभिभावकहरु पनि खुशी छन् । ‘भुराहरुले पछि केही गरेर खान सक्ने चै भएको छ’ पार्वती भुजेलले भन्नुभयो । अहिले सम्म आम्दानी भएको पैसा पनि छोराछोरीकै खातामा हाल्दीन्छरे । आफ्नो खुट्टामा आँफै उभिने भाको छ, कम खर्चमा गाउँमै छोराछोरीलाई पढाउन पाउँदा धेरै खुशी छौं । धादिङवेशींबाट लगभग ६ देखी ७ घण्टाको पैदल यात्रामा पुग्न सकिने अन्नपूर्णमा माविमा अध्ययन अध्यापनमा आवश्यक पर्ने दुुधको फ्याट नाप्ने मेसिन, ल्याव, एआई लगायतका सबै सामाग्रीको व्यवस्था छ । २०४५ सालमा स्थापना भएको यस विद्यालयमा प्राविधिक शिक्षा चलाउन त्यत्ती सजिलो भने भएन ।
विद्यालयले २० लाख रुपैयाको बैंङ्क ब्यालेन्स देखाउनुपर्ने, १५ रोपनी जग्गा विद्यालयको नामको देखाउनुपर्ने भएकाले निक्कै चुनौती रहेको विद्यालयका सहायक प्रधानध्यापक बाबु आले मगरले बताउनुभयो । ग्रामिण भेगको विद्यालयमा त्यत्ती ठुलो रकम र जग्गा देखाउनको लागि धेरै संघर्ष गर्नुपरेको उहाँको भनाई थियो । प्राविधिक विद्यालय संञ्चालनको लागि विद्यार्थी भन्दा पनि प्रशिक्षक नपाएको कारण सुरुका दिनमा धेरै समस्या भएको थियो मगरले भन्नुभयो । तर अहिले व्यवस्थीत ढंगले विद्यालयमा भेटेनरी जेटिए अध्यापन गराईरहेका छौं ।
विद्यालयले आफ्नै वेव साईट र अफिसियल फेसबुक अकाउण्ट संञ्चालन गरेको छ । विद्यालयले संञ्चालन गरेका हरेक गतिविधिहरु वेव साईट र सामाजीक संञ्जालमा राखिने सहायक प्रधानध्यापक मगरले जानकारी दिनुभयो । अहिले शैद्धान्तिक शिक्षा भन्दा पनि व्यवहारिक शिक्षा महत्व हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण अन्नपूर्ण मावि बन्न पुगेको छ । धादिङमा ५ सय ६४ ओटा सामुदायिक विद्यालय छन् । यि विद्यालयहरु मध्ये २ ओटा विद्यालयमा मात्रै प्राविधिक विषयको अध्ययन हुँदै आएको जिल्ला शिक्षा विकास एवं समन्वय ईकाई धादिङका कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
फोटो हेर्नुहोस्:-
