असार १, धादिङ ।

प्रदेश नम्बर ३ को सरकारले आज चालू आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गरेको छ । आज प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले बजेट प्रस्तुत गरि रहनुभएको छ । प्रदेश नम्बर ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब ४८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याएको छ ।

बजेटको सबैभन्दा ठूलो रकम पूर्वाधारका क्षेत्रमा खर्च गर्न लागिएको छ । प्रदेश सरकारले प्रदेश गौरवको योजान अन्तर्गत पोष्टबहादुर बोगटी भिमफेदी– काठमाण्डौ सुरुङमार्ग निर्माणका लागि बजेट छुट्याइएको छ । प्रदेशका सबै जिल्लालाई समेट्नेगरी पुष्पलाल चक्रपथ निर्माण गर्न लागिएको छ । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र शिक्षालाई पनि प्राथमिकतामा राखेको छ । त्यसैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गौरवको योजानका रुपमा अगाडि बढाइएको छ ।

हेटौंडा अस्पतालको क्षमता बृद्धि गरेर स्वाथ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने तयारी गरिएको छ । त्यस्तै मदन भण्डारी सडक निर्माण गर्नका लागि बजेट छुटइएको र गौरवका योजनाका रुपमा अगाडि बढाइएको प्रदेश सरकारले जनाएको छ । चालु आर्थिक वर्षका केही महत्वपूर्ण योजनालाई गौरवका योजनाका रुपमा सरकारले लिएको थियो । तर, रकम खर्च गर्न नसकेपछि आउँदो आर्थिक वर्षको योजनामा पनि गौरवका योजनाका रुपमा अगाडि बढाइएको छ ।

Facebook Comments