२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मिडिया काउन्सील विद्ययक विरुद्ध धादिङ सहित देशभर हस्ताक्षर संकलन (फोटो फिचर)

मिडिया काउन्सील विद्ययक विरुद्ध धादिङ सहित देशभर हस्ताक्षर संकलन (फोटो फिचर)
सेयर गर्नुहोस्
०सेयर

असाढ ३, धादिङ ।
मिडिया काउन्सील विद्ययक विरुद्ध धादिङ सहित देशभरका पत्रकारहरुले आज हस्ताक्षर संकलन गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको घोषित कार्यक्रम अनुसार आज धादिङवेशींमा हस्ताक्षर अभियान संकलन गरिएको हो ।

प्रेस स्वतन्त्रताको पक्षमा सञ्चालित यो अभियानमा धादिङमा विभिन्न मिडियामा आवद्ध पत्रकारहरु, राजनितिक दलका नेता तथा कार्यकर्ताहरु, स्थानिय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, स्वयमसेवीहरुले हस्ताक्षर गरेका थिए । विधेयकमा भएका प्रेस स्वतन्त्रता विरुद्धका प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै महासंघले दुई चरणमा आन्दोलन गरेको थियो ।

दुई चरणका आन्दोलन सकिएपनि सरकारले आन्दोलनलाई वेवास्ता गरेकाले पुनः तेस्रो चरणको आन्दोलन घोषणा गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीले जानकारी दिनुभयो ।

फोटो हेर्नुहोस् :

तस्विर : गोमा थापाको फेसबुकबाट

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।