२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नमुना युवा संसद तथा नगर युवा क्लब सञ्जालको अध्यक्षमा रोशन कोईराला चयन

नमुना युवा संसद तथा नगर युवा क्लब सञ्जालको अध्यक्षमा रोशन कोईराला चयन
सेयर गर्नुहोस्
०सेयर

अषाढ ७, धादिङ ।

नीलकण्ठ नगरपालिकामा नगर स्तरीय नमुना युवा संसद तथा नगर युवा क्लब सञ्जाल गठन गरीएको छ । आज नीलकण्ठ नगरपालिकाको आयोजना, राष्ट्रिय युवा परिषदको सहयोगमा संचालित युवा क्लब गठन तथा युवा संसद कार्यक्रम अन्र्तरगत नगर स्तरीय नमुना युवा संसद तथा नगर युवा क्लब सञ्जाल गठन गरीएको हो ।

नीलकण्ठ नगरपालिकाका शिक्षा अधिकृत केदार प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको नगर स्तरीय सञ्जाल गठन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतित्थ्य रहेको थियो । कार्यक्रममा ३ नं प्रदेश युवा संसदका युवा सांसद सम्झना भण्डारीको विशेष आतित्थ्य रहेको थियो ।

शुक्रबारदेखी संचालित रहेको कार्यक्रममा ३ नं प्रदेश युवा संसदका युवा सांसद एवं कार्यक्रम संयोजक रोशन कोइरालाले सहजीकरण गर्नुभएका थियो भने कार्यक्रममा नगरपालिकाको १४ वटा वडाका २/२ जना प्रतिनिधिहरुले देशको संसदीय प्रकियाको अभ्यास गर्नुभएको थियो । संसद अभ्यास कार्यक्रममा राष्ट्रपतिको भूमिकामा कल्पना श्रेष्ठ, सभामुखको भूमिकामा विनोद रिजाल र प्रधानमन्त्रीको भूमिकामा गणेश पाठकले निर्वाह गर्नुभएको थियो ।

यसैगरी कार्यक्रमको अवसरमा नगर स्तरीय युवा क्लब सञ्जालको पनि गठन गरिएको छ । ११ सदस्य कार्यसमिति रहेको सञ्जालको अध्यक्षमा रोशन कोइराला चयन हुनुभएको छ । सञ्जालको उपाध्यक्षमा रमेश गुरुङ, सचिवमा कल्पना श्रेष्ठ र कोषाध्यक्ष अभिषेक साह चयन हुनुभएकोे छ । नगरपालिकाभित्र युवा सम्बन्धी विभिन्न कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्नको लागी यस यूवा क्लब सञ्जाल गठन गरिएको सञ्जालका अध्यक्ष रोशन कोइरालाले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।