अषाढ १२, धादिङ ।
जिल्ला प्रहरी कार्यलय धादिङले विभिन्न समयमा, विभिन्न ठाउबाट बरामद गरेको लागु औषध आज नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङको परिसरभित्र धादिङ जिल्ला अदालतको प्रतिनिधी‚ जिल्ला प्रशासन कार्यालय धादिङको प्रतिनिधी‚ निलकण्ठ नगरपालिकाको प्रतिनिधी‚ सञ्चारकर्मीहरु समेतको रोहबरमा आगो लगाई नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले गत जेठ २८ गते गल्छी गाउपालिकाबाट २० किलो ५०० ग्राम र जेठ ३२ गते बेनिघाटरोराङ गाउपालिकाको वडा नम्वर ९ भट्टेडाँडाबाट ३ किलो गरी जम्मा २३ किलो ५०० ग्राम लागु औषध गाँजा बरामद गरेका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

Facebook Comments