२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको ज्वालामुखिमा ट्रक दुर्घटना : एक जनाको मृत्यु

सेयर गर्नुहोस्
०सेयर

असार १९,धादिङ।

सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको ढकाल गाउँतर्फ जाँदै गरेको ट्रक आज दिउँसो दुर्घटना भएको छ । बा २ ख ९७५० नम्बरकोे स्वराज ट्रक दुर्घटनामा परी ज्वालामुखि गाउँपालिका वडा नं ६ बस्ने वर्ष ३६ को कृष्ण रम्तेलको घटनास्थलमानै मृत्यु भएको छ । लोड सामान लिएर गएको ट्रक ब्रेक फेल भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा ज्वालामुखी गाउँपालिका वडा नं ६ स्थायि ठेगाना भएका वर्ष २२ को बिनु सुनार, उनकी दुई वर्षीय छोरी कपिज सुनार र ट्रक चालक सोही स्थानका वर्ष २५ का दिवाकर ढकाल घाईते भएका छन् । घाईतेहरुको अहिले जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।