
असार २६, धादिङ ।
प्रहरीले धादिङको गजुरी गाउँपालिका वडा नम्बर वडा नं.२ डुडेठाटीमा ठुलो परिमाणमा लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ । लागु औषध कारोवारीहरुले ठुलो परिमाणमा लागु औषध गाजा खरिद विक्री, ओसार पसार, संचय समेतको कारोबार गर्दैछन भन्ने सुचनाको आधारमा विहिबार विहान साढे दुई बजेतिर मलेखु चितवन भण्डारा चेपाङ मार्गबाट लागू औषध बरामद गरेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
लागू औषधको कारोबारमा संलग्न बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १ खाम भन्ज्याङका ४१ वर्षिय काईला भन्ने डिल बहादुर तामाङलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गजुरी, जिल्ला प्रहरी कार्यलय धादिङबाट खटीएको प्रहरी टोलीले संकास्पद अबस्थामा झोलामा सामान बोकी सँगै ८ वटा बोरा खात खात बनाई राखिराखेको तामाङलाई भेट्टाएको थियो ।
बोराहरुको कानुन बमोजिम खानतलासी लिदा तामाङको साथबाट गाँजाको धुलो जस्तो देखिने बस्तु ८ वटा बोरामा टेपले बेरेको २२० किलो ग्राम, ५ ओटा पलाष्टिकको पोकामा जम्मा गरेको ५ किलो ग्राम, सिम कार्ड सहितको मोबाईल १ थान र गाजा ल्याउन प्रयोग भएको झोला एउटा झोला बरामद भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो । तामाङलार्ई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भई रहेको र अन्य फरार व्यक्तिहरुको खोज तलास भईरहेको प्रहरीले जनाएको छ ।