
अषाढ २७, धादिङ ।
धादिङको गजुरी गाउँपालिका वडा नम्बर नम्बर ४ मा पहिरोले घर बगाउँदा एक जना वालिकाको मृत्यु भएको छ । कृष्णबहादुर तामाङ र पातली माया तामाङकी ८ वर्षिया छोरी अस्मिता तामाङको मृत्यु भएको गजुरी गाउँपालिकाकी उपाध्यक्ष सिता ढुङ्गानाले जानकारी दिनुभयो ।
घर भत्कीदा २ जना घाईते भएका छन् । घाईतेको अहिले गजुरी सामुदायिक अस्पतालमा उपचार भईरहेको उपाध्यक्ष ढुङ्गानाले बताउनुभयो । यस्तो जोखीमपुर्ण समयमा आफ्नो परिवार सहित सजग भएर बस्न गाउँपालिकाका नागरिकहरुलाई उहाँले अनुरोध पनि गर्नुभएको छ ।
यसैगरि जिल्ला विपत व्यवस्थापन समितिका धादिङका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले यस्तो विपतको घडिमा सुरक्षीत ठाउँमा बस्न, सतर्क रहन सम्पूर्ण जिल्लाका नागरिकहरुलाई आग्रह गर्नुभएको छ ।
लगातार वर्षाको कारणले हुनसक्ने धनजनको क्षती न्यून गर्नको लागि स्थानिय तहमा रहने विपत व्यवस्थापन समितिलाई पनि तत्कार उद्धार तथा राहतको लागि आवश्यक तयारीमा रहन निर्देशन दिईएको बताउनुभयो ।
यस्तै शसस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन भईसकेकोले कुनै ठाउँमा त्यस्तो विपतका घटना भएदेखि तत्काल खबर गर्न समेत पाण्डेयले आग्रह गर्नुभयो । देशैभर बाढी र पहिरोले ठुलो धनजनको क्षती पु¥याईरहेको छ ।
विहिबारदेखि निरन्तर परेको अविरल वर्षाका कारण धादिङ सहित बाढी र पहिरोमा परी मुलुकभरमा १६ जनाको मृत्यु भएको छ । खोटाङमा ३, भोजपुरमा २, काभ्रेमा २, रामेछाप, सिन्धुली, मकवानपुर, ललितपुर र पर्सामा १र१, अनि काडमाडौँमा ३ जनाको मृत्यु भएको छ ।
भने ८ जना घाइते भएका छन् । मौसम तथा बाढीको विषम अवस्था अझै दुईदिनसम्म रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
लेदो खस्न गई पृथ्वी लोकमार्गको ठाउँ ठाउँमा अबरोध
पृथ्वीलोकमार्ग अन्र्तरगत धादिङ बेनिघाट रोराङ गाउँपालिकाि वडा नम्बर १० बादरेमोडेमा सडक खण्डमा लेदो माटो र ढुङ्गा खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको छ ।
मध्यान्न १२ बजेदेखि अवरुद्ध रहेको सडक खण्ड अहिलेसम्म संञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । दुई तर्फ बाटो सुचारु गर्न सडक विभागको डोजर, नेपाल प्रहरी‚ ट्राफिक प्रहरी सहितको टोली खटी आवश्यक पहल भईरहेको प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो ।
यसैगरि त्रिभुवनराजपथ अन्र्तरगत धुनिवेशी नगरपालिकाको स्याउलेमा पनि सडक माथीबाट खसेको लेदोका कारण दुईतर्फी सडक अवरुद्ध रहेको ईलाका प्रहरी कार्यलय खानीखोलाले जनाएको छ । सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।