साउन ६, धादिङ ।
पृथ्वीलोकमार्ग अन्र्तरगत धादिङको थाक्रे गाउँपालिका १ खहेरघारी स्थित सोमबार विहान दुईओटा सवारी साधन एकआपसमा ठक्कर खाँदा १३ जना यात्रु घाईते भएका छन् ।

काठमाण्डौबाट भैरहवा तर्फ जादै गरेको लु २ ख २१३४ नम्बरको बसले चितवनबाट काठमाण्डौतर्फ आउदै गरेको बा ५ ख ३१५१ नम्बरको माईक्रोलाई ठक्कर दिदा माईक्रो सडकबाट अन्दाजी २५ मिटर तल चिसापानीखोलामा खस्न जाँदा माईक्रोमा सवार १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

घाईतेहरुको काठमाण्डौंको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । बस चालक जिल्ला नवलपरासी बर्दाघाट न.पा.७ बस्ने वर्ष २३ को अंकित रेग्मी ईलाका प्रहरी कार्यालय खानिखोला धादिङको नियन्त्रणमा रहेको छ ।

फोटो हेर्नुहोस् :-

Facebook Comments