२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कक्षा १२ को परिक्षाफल आज सार्वजनिक हुँदै

कक्षा १२ को परिक्षाफल आज सार्वजनिक हुँदै
सेयर गर्नुहोस्
०सेयर

साउन १३ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ (एसएलसीई) को नतिजा आज सोमबार प्रकाशन गर्ने भएको छ। बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको हो।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ (एसएलसिई) को नतिजा साँझसम्म आइसक्ने परीक्षा बोर्डले जनाएको छ।नतिजा प्रकाशनका लागि सोमबार साँझ पाँच बजे बोर्ड बैठक बोलाइएको छ।

प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको थियो। परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो। यस वर्ष चार लाखभन्दा बढी विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन्।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।