साउन ३२, धादिङ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून) ले आफ्नो ३२ औं स्थापना दिवस आज विविध कार्यक्रम सहित मनाएको छ । यसै गरि नेफ्स्कून फिल्ड कार्यलय धादिङले पनि आज आफ्नो स्थापना दिवस विशेष कार्यक्रम सहित मनाएको छ । वि.सं २०४५ साल श्रावण ३२ गते स्व. भोजराज घिमिरेको अध्यक्षतामा गठित तदर्थ समितिद्वारा स्थापित नेपाल बचत तथा ऋण संघ (नेफ्स्कून) को यात्राले आज ३२ औं बर्ष प्रवेश गरेको हो । नेफ्स्कूनका केन्द्रिय उपाध्यक्ष पार्वती खाँड राईको अध्यक्षतामा आयोजित स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङगानाले दिप प्रज्वलन र गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनीधि, जिल्लामा रहेको विभिन्न विषयगत सहकारी संघ–संस्थाका प्रमुख तथा प्रतिनीधि, विभिन्न सहकारी संघ संस्थाका संञ्चालक तथा कर्मचरी, गैह्र सरकारी संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

संघको स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्यमा प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङगानाले सहकारी अभियानमा स्थानिय सरकार र जनप्रतिनिधिको तर्फबाट सबैखाले साथ र सहयोग गर्ने बताउनुभयो । साथै सहकारीले आजको दिनसम्म स्थानिय सरकारसँग कुनै किसिमको सहकार्य नगरेकोले आगामी दिनमा सहकारीको अभियानमा समस्या आउन सक्ने भन्दै सामूहिक रुपमा सहकार्य, आपसि छलफलको लागि आउन सहकारी क्षेत्रका अभियान्तहरुलाइ आग्रह गर्नुभयो । सहकारी क्षेत्रको समग्र निति तथा कार्यक्रम निर्माणको लागि स्थानीय सरकारको सहभागी अनिवार्य रहेको जानकारी गराउनुभयो । साथै सहकारी ऐन, नियमावलीमा आधारित भएर बनाईएका नियम र कार्यविधि कार्यान्वयन गर्दै अगाडि बढ्न आग्रह गर्नुभएको छ । र संस्थाका सदस्यहरुको आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर बढि भन्दा बढि सेवा दिने हिसाबले काम गर्न पनि सहकारीहरुलाइ आग्रह गर्नुभयो ।

नेफ्स्कूनले हालसम्म २५ वटा जिल्लाहरुमा आफ्ना फिल्ड कार्यलयहरु स्थापना गरि आफ्ना सदस्य संस्थाहरुलाइ विभिन्न किसिमका सेवाहरु प्रदान गर्दै आएको छ । धादिङमा हाल सम्म जिल्लाका ४२ वटा साकोसहरु नेफ्स्कूनमा आवद्ध रहेका छन् । नेफ्स्कून फिल्ड कार्यालय धादिङले हालसम्म ११ करोड ५० लाख बराबरको कारोबार गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा नेफ्स्कून फिल्डकार्यलय धादिङले विभिन्न संस्थाहरुलाइ पुरस्कृत तथा सम्मान गरिएको छ । उत्कृष्ट शेयर सदस्यको रुपमा सहारा महिला साकोस नीलकण्ठ ३, उत्कृष्ट बचत कारोबार गर्ने सदस्यको रुपमा स्रोत परिचालन साकोस नीलकण्ठ ३ , र नियमित कारोबार गर्ने सदस्यको रुपमा हिमाल साकोस र नीलकण्ठ महिला साकोस नीलकण्ठ ३ धादिङलाइ सम्मान गरिएको छ । कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत शर्मिला गौतमले नेफ्स्कूनको विगत बर्तमान र भविष्यको मार्गनिर्देशन सहित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । भने कार्यक्रममा सहभागी अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Facebook Comments