
भदौं ४, धादिङ ।
साउन २३ गते र भदौ २५ गते गजुरी गाउँपालिका र वेनिघाट रोराङ गाउँपालिकाबाट बरामद गरिएको अवैध लागु औषध गाँजा आज नष्ट गरिएको छ ।
दुई ठाउँबाट बरामद गरिएको १ किलो ६०० ग्राम र १ किलो गरी जम्मा २ किलो ६०० ग्राम लागु औषध गाँजा जिल्ला प्रहरी कार्यालय धादिङ परिसर भित्र सम्बन्धित निकायका प्रतिनिधी तथा सञ्चारकर्मीहरु समेतको रोहबरमा आगो लगाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।