
भदौ ५, धादिङ ।
पृथ्वीलोकमार्ग हुँदै दैनिक हजाँरौंको संख्यामा सवारी साधन राजधानी काठमाण्डौं भित्रिन्छन् । र राजधानीबाट त्यत्तिकै संख्यामा बाहिरिन्छन् पनि । सवारी साधनको चाप, घुमाउरो सडक, विचा विचमा भत्किएको सडकको दुरावस्थाका कारण पृथ्वीलोकमार्गमा दिनहुँजसो यो क्षेत्रमा साना–ठुला दुर्घटना भईरहन्छ । दुर्घटनामा परि मृत्युहुने र घाईतेहुनेहरुको संख्या पनि उत्तिकै छ । यहि साउन २४ गते मात्रै सर्लाहीको सदरमुकाम मलंगवाबाट राजधानी काठमाण्डौं जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस वेनिघाटरोराङ गाउँपालिका ३, सलाङघाट नजिकै त्रिशुली नदिमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने ९ जना अझै बेपत्ता छन् । दुर्घटनामा परि मर्ने त मरेर जान्छन् तर घाईतेहरुले पनि उपचार अभावको कारण मृत्युवरण गरिरहेका छन् ।

दुर्घटना पछि पृथ्वीराजमार्ग आसपासमा गम्भीर प्रकृतिका घाईतेहरुलाई उपचार गर्ने ठाउँ नहुँदा गम्भीर घाईतेहरुले अकालमै ज्यान गुमाईरहेका छन् । दुर्घटनामा परि गम्भीर घाईतेहरु भएकालाई काठमाण्डौं, पोखरा र चितवन तथा अन्य ठाउँहरुमा लैजानु पर्ने बाध्यता छ । यसो हुँदा समयमै उपचार नपाउँदा घाईतेहरुको बाटोमै मृत्यु हुने गरेको छ । ‘दुर्घटना पछि गम्भीर प्रकृतिको घाईतेहरुलाई लक्षीत गरि राजमार्ग आसपासमै उच्चस्तरिय सुविधासम्पन्न अस्पताल निर्माण भईदिए मृत्युहुनेको संख्यामा कमि आउने थियो, स्थानिय दिलबहादुर रम्तेलले भन्नुभयो ।’ विचरा ! आँखै अगाडी भयावह अवस्था हुन्छ तर के गर्नु तत्कालै सामान्य प्राथमीक उपचार समेत पाउँदैनन् । जति पनि भएका दुर्घटनाहरुलाई तत्कालै उपचार पाउनका लागि नयाँ टेक्नोलोजी सहितको सुविधा सम्पन्न हस्पीटल निर्माण भईदिए काठमाण्डौं पु¥याईन्जेल सम्मको समयमा उपचारको अवसर पाउँदा उँ मृत्युको मुखबाट जोगीन सक्थ्यो रम्तेलको भनाई छ ।
यहि साउन २४ गते सलाङ घाट नजिक त्रिशुली नदिमा दुर्घटना भएको बस । तस्विर:सरिता श्रेष्ठ
राजमार्ग आसपासमा सुविधा सम्पन्न अस्पतालको आवश्यकता सम्बन्धी हरेक वर्ष सरोकारवालाहरु विच छलफल हुने गरेका छन् । तर ति छलफल छलफलमै सिमित हुन्छन् । सुविधा सम्पन्न अस्पताल निर्माणका लागि गम्भीरताका साथ लागिरहेपनि सुविधा सम्पन्न अस्पताल संञ्चालनको लागि स्थानिय तह एउटैले सम्भव नहुने गाउँपालिकाकी उपाध्यक्ष सिता ढुङ्गानाले बताउनुभयो उपाध्यक्ष ढुङ्गानाल भन्नुभयो ‘राजमार्गमा त्यो खालको अस्पताल आवश्यक छ तर संघिय सरकारकै तर्फबाट मात्र सम्भव छ ।’ स्थानिय तहमा आउने बजेट करोडमा हुन्छ, यस्ता सुविधा सम्पन्न अस्पताल निर्माणमा अरबौंको लगानी गर्नुपर्ने हुन्छ ।
पृथ्वीराजर्माग अन्र्तरगत धादिङको धुनिवेशी नगरपालिका, गल्छी, गजुरी, थाक्रे र वेनिघाट रोराङ गाउँपालिका गरि ५ ओटा स्थानिय तहहरु पर्दछन् । यि स्थानिय तह मध्ये अस्पताल निर्माणको लागि धुनिवेशी नगरपालिकाले भने केन्द्र, विभागदेखि मन्त्रालय सम्मका ठाउँहरुमा पहल भईरहेको नगरपालिका प्रमुख वालकृष्ण आचार्यले बताउनुभयो । सुविधा सम्पन्न अस्पताल निर्माणको लागि नियम अनुसार १३ रोपनी जग्गा चाहिने भएकाले त्यस्तो ठाउँको खोजी भईरहेको छ, आचार्यले भन्नुभयो ।
सडकको दुरावस्था र चालकको लापरवाहीको कारण पृथ्वीराजमार्गमा अत्याधिक दुर्घटना हुने गरेको अनुसन्धानले देखाएको छ । मानविय कारणहरुले नै दुर्घटना हुने हुँदा सचेतनाका कार्यक्रमहरु गर्र्नुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यलय गजुरीका ईन्सपेक्टर प्रमुख नेत्रप्रसाद भट्टको भनाई छ । पृथ्वीराजमार्ग अन्र्तरगत धादिङ सडकखण्डमा मात्रै आर्थिक वर्ष २०७५/०७६ मा ठुला तथा साना सवारी साधन गरि ९५ ओटा सवारी साधन दुर्घटनामा परे । दुर्घटनामा ६२ जनाले ज्यान गुमाएका थिए भने ३५२ भन्दा बढि घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय गजुरीका ईन्सपेक्टर नेत्रप्रसाद भट्टले जानकारी दिनुभयो । दुर्घटना लगत्तै घाईतेहरुले उपचार नपाउँदा र घाईतेहरुको उद्धार गर्ने प्रभावकारी संयन्त्र प्रभावकारी नहुँदा यस्ता दुर्घटनामा ३० देखी ४० प्रतिशतको हाराहारीमा घाईतेहरुको ज्यान जाने गरेको छ ।