
भदौ १३, धादिङ ।
धादिङका नेपाल कम्यूनिष्ट पाटी (विप्लव) समुहका ५ जना कार्यकर्ताले प्रहरीसामु आत्मासम्र्पण गरेका छन् ।
नेपाल सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द समुहको ने.क.पा (बिप्लव) का गल्छी गाउँपालिका वडा नम्बर ३ मुलाबारीका गल्छी गाउँ कमिटि सदस्य ध्रुव प्रसाद खनाल, सोही स्थानका श्याम बहादुर बयलकोटी, गल्छी गाउँपालिका वडा नम्बर ३ बस्ने बिष्णु प्रसाद खतिवडा, केशव राज खतिवडा, दिपेन्द्र कुमार श्रेष्ठले प्रहरी सामु आज आत्मासम्पर्ण गरेका हुन् ।
बिना कसैको करकाप स्वेच्छापुर्वक कानूनको पुर्ण पालना गरी सामान्य जिवन यापन गर्ने प्रण गरेका छन् । ने.क.पा.विप्लव समुहसंग पूर्ण रुपमा अलग रहेको जानकारी गराउदै आत्म समर्पण गरेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।