भदौ १३, धादिङ ।
उत्तरी धादिङको खनियाबास गाउपालिका वडा नम्बर १ झार्लाङ शिङगला देवी माध्यमिक विद्यालयमा प्राथमिक विद्यालय स्तरीय म्युजिकल चेयर प्रतियोगिता आज सम्पन्न भएको छ ।
प्रतियोगितामा कक्षा १ देखि ५ सम्मा २६ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा कक्षा २ र ३ विच भएको प्रतियोगीतामा सुरेश तामाङ प्रथम हुनु भएको छ, भने अर्पन तामाङ द्वितिय र सरिता बि.क. तृतिय हुनुभएको छ ।
त्यसै गरि कक्षा ४ र ५ विच भएको प्रतियोगीतामा प्रबिण तामाङ प्रथम हुनुभएको छ, भने मनकुमारी तामाङ द्वितिय र सुनिता तामाङ तृतिय हुनुभएको छ । प्रतियोगितामा बिजय हुने विद्यार्थीहरुलाइ शैक्षिक समाग्री द्वारा पुरस्कृत गरिएको शिक्षक सन्दिप स्याम्चेनले जानकारी दिनुभयो । कार्यक्रममा शृजनशिल बाल क्लबका अध्यक्ष अर्बिन तामाङको अध्यक्षता रहेको थियो ।











