
भदौं ३१, धादिङ ।
नेत्र विक्रम चन्द विप्लप धादिङका जिल्ला सेक्रेटरी सिद्धलेक गाउँपालिका वडा नम्बर ५ का बुद्ध गुरुङ घलेलाई जिल्ला प्रहरी कार्यलय धादिङले पक्राउ गरेको छ ।
बम राख्ने, एनसेलका टावर जलाउने लगायत विस्फोटक पदार्थ एवं संगठित अपराधमा संलग्न भई जिल्लाको शान्ती सुरक्षालाई खलल पु¥याउने गतिविधि गरेको आधारमा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले बताउनुभयो । सेक्रेटरी गुरुङलाई धादिङको धुनिवेशीं नगरपालिका वडा नम्बर ९ पिपलामोड प्रदेश ३ ०२००७ प ०९२७ नम्बरको मोटरसाईलमा धादिङबाट काठमाण्डौं तर्फ जाँदै गरेको अवस्थामा मंगलबार नै पक्राउ परेका थिए ।

२०७६ असार १० गते कालुपाण्डे मार्गमा तरकारी राख्ने प्लास्टिकको क्रेटमा बम राखेको, २०७५ साल फागुन २५ गते सिद्धलेक गाउँपालिकाको वडा नम्बर १ वैरेनीमा प्रेसर कुकुर बम राखी राजमार्गको सडक अबरोेध गरी स्थानिय मानिसलाई आतङ्कित बनाएको, साउन १५ गते सिद्धलेककै वडा नम्बर ६ मा रहेको एनसेलको टावरमा आगजनी गरेको, साउन ६ गते थाक्रे गाउँपालिकाको वडा नम्बर ३ चौफाटमा रहेको एनसेलको टावरमा आगजनी गरेको, यस्तै २०७५ साल फागुन ११ गते थाक्रे गाउँपालिकाकै वडा नम्बर ११ मान्खुमा रहेको एनसेलको टावरमा आगजनी गरेको लगायतका घटना घटाई फरार रहेका नेत्र विक्रम चन्द विप्लपका जिल्ला सेक्रेटरी गुरुङलाई आज पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यलय धादिङले सार्वजनीक गरेको हो ।

सेक्रेटरी गुरुङको साथबाट नगद १ लाख २१ हजार नगद, विभिन्न ब्राण्डका ५ ओटा मोवाईल फोन पनि बरामद गरिएको छ । यि ३ ओटै टावरमा आगजनीबाट २ करोड ११ लाख ५९ हजार २ सय ६ रुपैयाँ क्षेत्री पुगेको प्रहरीले जनाएको छ । धादिङ जिल्ला अदालतबाट पक्राउ अनुमती पश्चात जिल्ला सेक्रेटरी सहित घटना संलग्नहरुलाई खोजतलास भईरहेको थियो । गुरुङ सँगै घटना घटाउने अन्य व्यक्तीहरु भने फरार छन् । फरार रहेकाहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।