असोज१, धादिङ ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् धादिङको पाँचौं जिल्ला अधिवेशन गजुरी गाउँपालिका वडा नम्बर ५ घाटवेशींमा मंगलबार सम्पन्न भएको छ । अधिवेशनले चन्द्र बहादुर बरामको अध्यक्षतामा १३ सदस्सिय नया कार्य समितिको चयन गरिएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर भुजेल, उपाध्यक्षमा दानबहादुर कुमाल, रमेशबहादुर गुरुङ, सुरेन्द्र थापा मगर, पार्वती श्रेष्ठ, महासचिवमा दिनेश कुमार तामाङ, सचिवमा शान्तमान तामाङ, सहसचिवमा राजमान माझी, कोषाध्यक्षमा निरमाया थापा मगर, सहकोषाध्यक्षमा विष्णुकुमारी गुरुङ, सदस्यमा हिरा राई र रुपा माझी चयन हुनुभएको छ ।

नेपाल आदिवासी जनजाती महासंघका केन्द्रिय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

Facebook Comments