असोज ७, धादिङ ।
नेपाली कांग्रेसको भदौ २४ गतेदेखि शुरू भएको हिमाल, पहाड, तराई–मधेस दोस्रो चरणको जागरण अभियानको आजदेखि सकिएको छ । नेपाली कांग्रेसको जागरण अभियानको अन्तिम दिन आज देशैभर सरकार विरोधी प्रर्दशन भएका छन् ।

सरकारको गलत क्रियाकलापविरुद्ध जनमत सिर्जना गर्दै पार्टी संगठनलाई अझ सशक्त बनाउने उद्देश्यका साथ दोस्रो चरणको जागरण अभियान सुरु भएको थियो । नेपाली कांग्रेस धादिङले पनि सदरमुकाम धादिङवेशींको पुछारबजारदेखि विचबजार सम्म विरोध ¥यालीको आयोजना गरेको थियो । पुछार बजारदेखि सुरु भएको ¥यालि विच बजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

¥यालीमा प्रधानमन्त्री ओलि लक्षित नाराहरु लगाईएको थियो । यस्पालीको हैंजा, केपि ओली लैजा, आर्यघाटले के भन्छ, केपि ओली ले भन्छ, भ्रष्टचार मौलाछ, केपि ओली बौलाछ , भ्रष्टचारी सरकार मुर्दावाद ! लगायतका नाराहरु लगाउँदै ¥याली विच बजार पुगेको थियो ।

नेपाली काँग्रेसका जिल्ला सभापति एवं विरोध सभाका अध्यक्ष रमेश धमलाले सरकारका गलत क्रियाकलापका विरुद्ध विरोध प्रदर्शन र सभा आयोजना गरिएको बताउनुभयो । कुनै पार्टि, कुनै संस्था नभई वर्तमान सरकारको गतिविधिलाई एउटा सच्चा नेपाली भएर गम्भीर सोचिदिन पनि धमलाले आग्रह गर्नुभयोे । घुसै घुसको सरकार, काण्डै काण्डले भरिएको सरकार, हत्या हिंसा, बलात्कारीलाई बढुवा दिने सरकारबाट के आशा र अपेक्षा राख्ने जनताले भन्दै प्रश्न गर्नुभयो ।

यस्तै विरोधसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व कानुन राज्यमन्त्री दिलमान पाख्रीनले यो सरकार संविधानको वेवास्ता गरि आफू खुसी राज्य संचालन गर्न लागेको र त्यसले गर्दा देशमा मंहगी, भष्ट्राचार, हिंसा, बलात्कारको घटना बढ्दै गएको तर्फ जनतालाई सुशुचित गराउन यस्ता कार्यक्रमको आयोजना गरिनुपर्ने बताउनुभयो । बढ्दो महँगी, भ्रष्टाचार र सरकारले ल्याएको अलोकतान्त्रिक विधेयकविरुद्ध ७७ ओटै जिल्लामा विरोध प्रदर्शन भईरहेको पाख्रिनले बताउनुभयो ।

विरोध सभा कार्यक्रममा पूर्व सांसद एंव पूर्व सभापति रामनाथ अधिकारी, रसुवाका पूर्वसभापति बालचन्द्र पौडेल, केन्द्रिय प्रतिनिधि रमेश महत, केन्द्रिय प्रतिनिधि बिजुल विश्वकर्मा र महिला संघ धादिङका अध्यक्ष अम्बिका अधिकारी लगायतले नेता तथा कार्यकर्ताहरुले वर्तमान सरकारको गतल कामको विरोध गरेका थिए ।

फोटो हेर्नुहोस् :

 

 

Facebook Comments