
असोज ९, धादिङ ।
सानिमा लाइफ ईन्स्योरेन्सको धादिङमा पनि शाखा विस्तार गरिएको छ । धादिङ शाखाको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । कम्पनीले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गरी प्रचार प्रसारको काम तीव्र पारिएको छ ।
प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीको ४८ औं शाखाको रुपमा धादिङ शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ । कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाइ, निलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी, उद्योग वाणिज्य संघ धादिङका उपाध्यक्ष राजकुमार श्रेष्ठलगायत विभिन्न बैक तथा वितीय संघसंस्थाका प्रतिनिधिहरुको सकृयतामा धादिङमा समेत विस्तार गरिएको सेवाको आज उद्घघाटन गरिएको हो ।
हरेक नागरिकलाई वीमाको दायरामा ल्याउने उद्देश्यले शाखा विस्तार कम्पनीका मुख्य प्रबन्धक चौलागाइले बताउनुभयो ।