२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको बाँदरेमोडमा स्वराज ट्रकको ठक्करबाट एकको मृत्यु

धादिङको बाँदरेमोडमा स्वराज ट्रकको ठक्करबाट एकको मृत्यु
सेयर गर्नुहोस्
०सेयर

असोज १३, धादिङ ।
पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ बांदरेमोडमा स्वराजले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । भने एक जना घाईते भएका छन् ।

चितवनबाट काठमाण्डौ तर्फ आउदै गरेको बा ३ ख ८३१९ नम्बरको स्वराज गाडीले बिपरित दिशातर्फ जादै गरेको बा ९५ प ९७७१ नम्बरको मोटरसाईकललार्ई ठक्कर दिदा मोटर साईकलको पछाडी बस्ने सिन्धुपाल्चोकका २९ वर्षिय राजिव गुरुङको मृत्यु भएको हो । मोटरसाईकल चालक ईलामको बाजुकी ३० वर्षिये मिलन राई सामान्य घाईते भएका छन् । घाईते राईको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा सामान्य उपचार पछि काठमाण्डौं रिफर गरिएको छ ।

ठक्कर दिने स्वराज गाडीका चालक धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ सुनखानीका ३० वर्षिय प्रेम नारायण श्रेष्ठ ईलाका प्रहरी कार्यालय गजुरी धादिङको नियन्त्रणमा रहेको छ । स्वाराज गाडी र मो.सा. ईलाका प्रहरी कार्यालय बेनिघाट धादिङको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यलय वेनिघाटले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।