१२ असोज,धादिङ ।
नेपालीहरुको महान चार्ड वडा दशै आइतबार घटस्थापनाका दिन जमरा राखेर शुरु गरिएको छ । दशै, तिहार जस्ता पर्व मनाउन जिल्ला तथा देश बाहिर रहेका नेपालीहरु पनि घर फर्किन थालिसकेका छन् । तर दशैले सारा नेपालीको मनमा खुषी छाउन सकेको छैन । १२ बैशाख २०७२ सालमा आएको भुकम्पले ओतलाग्ने छानो विहिन भएका प्रभावितहरु टहरामा दुःखको दैनिकी चलाइ रहेका छन् ।
गाउँघरमा दशैका गित गुञ्जिन थालिसकेको छ । तर भुकम्पले दिएको चोटका आफ्नै भाकाले प्रभावित छिक्क छन् । भुकम्पले घर भत्किएका र बस्न योग्य नभएका प्रभावितहरु अस्थायी टहरामा दशै सपना बुन्दै छन् । दशैलाई स्वागत गर्न उनीहरुले आइतबार घटस्थापनाका दिन टहरामै जमरा राखेका हुन् ।
अस्थायी टहरा त्यसमा पनि सानो कोठा । जस्ताको छानो जस्ताकै बार । खाना पकाउने, खाने, सरसामान राख्ने, सुत्ने एकै ठाउँ ।
भुकम्पपछि अस्थायी टहरामा दुःखले दैनिकी चलाउदै आएकी नीलकण्ठ नगरपालिका १२ धादिङकी ८६ वर्षिय उजेली कुमालले अस्थायी टहरामा जमरा राखेकी छिन् । दशै आफन्त भेटभाट, ठूलावडाबाट आशिष थाप्ने पर्व हो । उहाँले भन्नुभयोे– जमरा राख्दै गर्दा मन भक्कानिएर आयो । दशैले खुषी ल्याउन सकेन । टहरामा जमरा राखेको छु । बाजेबराजुदेखि चल्दै आएको रितिरीवाज मान्नै प¥यो । नमानौं संस्कृतिको अपमान मानौं हाल बेहाल छ उहाँले दुःख मान्दै बताइन् बताउनुभयो ।
सरकारले दिने आवास सहयोगार्थ पाइने पहिलो किस्ता स्वरुप उजेली कुमालले ५० हजार लिएर निर्माण सामाग्री ल्याएकी छिन् । तर निर्माण सामाग्री यत्रतत्र भएको छ । पैसा अभाव तथा घर बनाउने कामदार नपाएपछि नयाँ घर बनाउने सपना अधुरो रहेको उहाँले बताउनुभयो । सँगै जिउने सँगै मर्ने, सुख दुःखमा साथ दिने श्रीमान गुमाएको वर्षाै भयो ।
उहाँले भन्नुभयो– श्रीमान गुमाएपनि साथमा छोरा छ भनेर चित्त बुझाएको थिएँ । तर छोरो वितेको पनि ४÷५ वर्ष भैसक्यो । परिवारमा सानो नाति र बुहारी छौं । आम्दानीको बाटो छैन । के खाने र के लाउने भएको छ । मर्ने काल आएन, बाँच्ने ताल आएन । मलाई जस्तो दुःख कसैलाई छैन होला । कसैले घर बनाइदिन्छ कि सुनाइदिनुस् न बाबु धर्मै हुन्छ, आँसु पुछ्दै उनले आशाको भावमा दुखेसो पोखिन् ।
आर्थिक वर्ष ०७६/७७ असारमसान्तसम्म धादिङमा रहेका भुकम्प प्रभावितहरुको पुनर्निमाण सम्पन्न गर्ने लक्ष्य रहेको अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार धादिङका प्रमुख जयराम श्रेष्ठले बताउनुभयो । हालसम्मको पुनर्निमाण चित्त बुझ्ने खालकै छ । उहाँले भन्नुभयोे– रेट्रोफिटिङ अर्थात प्रवलीकरणमा भने प्रगति न्यून छ । प्रभावितहरुले पूर्ण क्षतिका लागि निवेदन दिएका छन् ।
प्रवलीकरणको फाइदा र महत्व बुझाउन नसकेको कारण प्रवलीकरण गराउन नसकिएको हो । भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल ल्क्भ्त् लगायत विभिन्न संघ सस्थाले काम गरिरहेका छन् । अव प्रवलीकरण तर्फको कामले गति लिने श्रेष्ठ बताउनुहुन्छ ।
धादिङमा ८३ हजार २५ जना प्रभावित मध्ये ७७ हजार ६३० जनाले पहिलो किस्ता लिएको श्रेष्ठले बताउनुभयो । ६६ हजार ५२४ जनाले दोस्रो र ५७ हजार २०५ जना प्रभावितले तेस्रो किस्ता लिएका छन् । रेट्रोफिटिङ अर्थात प्रवलीकरण तर्फ ४ हजार ७१८ जनाले सम्झौता गरेकोमा २ हजार ५६१ जनाले पहिलो किस्ता र ५ जनाले दोस्रो किस्ता लिएका छन् । हालसम्म ७ हजार ७२५ जनाको गुनासो फछ्र्याैट भैसकेको श्रेष्ठले बताउनुभयो ।