असोज २४, धादिङ ।
६४ औं प्रहरी दिवश धादिङमा पनि मनाईएको छ । जिल्ला प्रहरी कार्यलय धादिङको आयोजनामा प्रहरी दिवश मनाईएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति धादिङका अध्यक्ष जगन्नाथ नेपालले जिल्लाको शान्ती सुरक्षा अमन चयनमा पु¥याउनु भएको योगदानको कदर गर्दै आगामी दिनमा पनि उल्लेख्य काम गर्दै जान शुभकामना व्यक्त गर्नुभयो । नागरिककको शान्ती सुरक्षाको लागि प्रहरीले प्रविधियुक्त ढङ्गले शान्ती सुरक्षा प्रदान गरेकोमा समेत प्रमुख अतिथि नेपालले खुशी व्यक्त गर्नुभयो । नेपाल प्रहरी सँधै आफ्नो पेशामा दृढ संकल्प छ भन्ने कुरामा विश्वस्त रहेको समेत नेपालले बताउनुभयो । सोही दृढ संकल्पले नै गर्दा धादिङको शान्ती सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी उपरिक्षक राजकुमार वैदवारलाई सम्मान गरेको उल्लेख गर्नुभयो । विगतमा जस्तो चाडवाडपर्वमा शान्ती सुरक्षा मजवुद भएकै कारण अप्रिय घटना नभएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ३ ओटै सुरक्षा निकायले गरेको कार्यको आफुले उच्च मुल्याङ्कन गरेको समेत बताउनुभयो ।

यस्तै कार्यक्रमका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्रहरीको सेवा नागरिक मैत्री हुनुपर्ने बताउनुभयो । पछिल्लो समय कहींकतै प्रहरी सेवामा पनि व्यवसायिकताको नाममा विकृती देखिएकाले त्यस्ता विकृतिलाई हटाउँदै नागरिकमा देखिएको त्यस्ता भ्रम चिर्ने खालको काम गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी तामाङको भनाई थियो ।

मुस्कान सहितको प्रहरी सेवा नारामा मात्र सिमित नराखी व्यवहारमा पनि लागु गर्न सुझाव दिनुभयो । ६४ औं प्रहरी दिवशको अवसरमा बिर अमर प्रहरीहरु प्रति प्रमुख अतिथिज्यू लगायत उपस्थितहरुले अमर प्रहरी स्मारकमा पुष्पाहार तथा पुष्पगुच्छा चढाई अमर प्रहरीहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रहरीको कार्य सम्पादनमा सहयोग गर्ने संघ संस्था एवं बिशिष्ट व्यक्तित्वहरु र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा पुर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष भरत प्रसाद खतिवडा‚ निलकण्ठ नगरपालिकाका प्रमुख भिम ढुङगाना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

फोटो हर्नुहोस् :-

 

Facebook Comments